दफा ६२८
वस्तुको स्वामित्व हस्तान्तरणः

हायर पर्चेज करारसँग सम्बन्धित वस्तुको स्वामित्व यस परिच्छेद बमोजिम भएको करार बमोजिम कायम भएको हायर पर्चेज मूल्य बमोजिम खरिद गर्ने काम सम्पन्न भए पछि भाडामा लिने व्यक्तिलाई हस्तान्तरण गर्नु पर्नेछ ।
तर भोगचलन गर्ने अधिकार भने निजले त्यस्तो वस्तु प्राप्त गर्दाकै बखत कायम भएको मानिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “खरिद गर्ने काम सम्पन्न” भन्नाले हायर पर्चेज मूल्यको अन्तिम किस्ता बुझाउने काम सम्झनु पर्छ ।